गौरी आयोगको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण : कांग्रेस

दार्चुला । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण भएको टिप्पणी गरेको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सार्वजनिक भएको प्रतिवेदनमा प्रारम्भिक प्रतिक्रिया भन्दै भदौ २३ को विषयमा मेहनत गरे पनि भदौ २४ को विषय धेरै छुटेको बताउनुभयो ।

‘यो प्रारम्भिक प्रतिक्रिया हो । प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण देखियो । भदौ २३ को आन्दोलनबारे जति प्रकाश पार्न खोजिएको छ, २४ गतेको घटनालाई अलपत्र छाडिएको छ । यो प्रतिवेदन थप अध्ययन गर्छौ, कानुनविदहरुसँग छलफल गर्छौ’, चालिसेले भन्नुभयो ।

सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चालिसेले सबै प्रतिवेदनहरुको विस्तृत अध्ययन गरेपछि थप धारणा सार्वजनिक गरिने बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?