दार्चुला । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रम तयारीका लागि बजेट लेखन समिति बनाएको छ ।

जेठ १५ मा संघीय संसद्मा प्रस्तुत गर्ने नयाँ बजेटका लागि बजेट वक्तव्य, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रमसँग सम्बन्धित तयारी कार्य गर्न ५ सदस्यिय समिति गठन गरिएको हो ।

समितिको संयोजकमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्री हुनुहुन्छ । त्यस्तै सदस्यहरू बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा। सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहनुभएको छ ।

सरकारले आउँदो आर्थिक वर्षको बजेट तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति गठन गरिएको जनाएको छ । समितिका मुख्य कार्यक्षेत्र सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, आउँदो आर्थिक वर्षमा कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्न सहजीकरण गर्ने, संसद्को दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेलगायत छन् ।

समिति गठनसँगै बजेट निर्माण प्रकृया अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रिय योजना आयोगले आउँदो वर्षको लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रुपान्तरणलाई प्रमुख एजेण्डा बनाएर काम थालिसकेको बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?