सरकारले संविधानमाथि छेडखानी गर्न खोजे प्रतिवादमा उत्रिन्छौँः प्रचण्ड

दार्चुला । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भित्र रहेर सरकारले गर्ने काममा आफूहरूले रचनात्मक र सकारात्मक ढङ्गले सघाउने बताउनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान माथि छेडखानी हुन थाले प्रतिवादमा उत्रिने स्पष्ट पार्नुभयो।

‘नेपाल राष्ट्रको राष्ट्रिय हित माथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी चाहिँ त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौँ। हामीले यो स्पष्टसँग सुरुदेखि नै भन्दै आएका छौँ’ उहाँले भन्नुभयो ।

अहिले विद्यार्थीहरूको हक अधिकारबारे या कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको प्रचण्डको भनाई छ।

‘जनताले लामो सङ्घर्ष ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू जनवर्गका अधिकार माथि कुनै किसिमको छेडखानी नगर्न उहाँले सरकारलाई सचेत गराउनुभयो। अहिले संविधान संशोधनको कुरा पनि चलेको भन्दै उहाँले संविधान संशोधनको विरोध नभएको तर त्यो संशोधन जनतालाई अधिकार थप्नको लागि हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?