दार्चुला । सरकारले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी, नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सदस्य तोकिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन गरिएको हो । जाँचबुझ आयोगको प्रतिवेदनअनुसार सुरक्षाकर्मीका हकमा अध्ययन गरेर मात्रै यकिन गर्ने सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?