दार्चुला । सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध काठमाण्डाैकाे थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।

सुकुम्वासीले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै आज सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतङ्क बन्द गर लगायत लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाती थाप्न जाने आश्वासन दिएकाे स्मरण गराउँदै उहाँलाई आफूहरूको बस्तीमा आउन आग्रह गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका छन् । सरकारविरुद्धको याे प्रदर्शनमा नवयुवा अभियन्ताहरू पनि सहभागी छन् ।

प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।

सरकारले बस्ती हटाएर त्यहाँका मानिसलाई होटलमा राखी पहिचान प्रक्रिया शुरू गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?