प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले काठमाण्डौ उपत्यकाका नदी किनारमा बसोवास गर्दै आएकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
वर्षाैँदेखि दोहोरिँदै आएको बाढीको जोखिम र मानवीय सङ्कटलाई ध्यानमा राख्दै अब स्थायी समाधानतर्फ सरकार अघि बढ्न लागेको प्रधानमन्त्री शाहकाे भनाइ छ ।
हरेक वर्ष बाढीका कारण नदी किनारका हजारौँ मानिसले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उहाँले यस्तो जोखिमपूर्ण बसोवासलाई निरन्तरता दिनु उचित नहुने सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
शाहले सुकुम्वासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको र वास्तविक सुकुम्वासीलाई प्रक्रिया पुर्याएर जग्गा वितरण गरिने बताउनुभएको छ ।
सरकारले भोलि र पर्सि थापाथली क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ ।




