दार्चुला । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि यसअघि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सहमति जुटाउन समिति गठन भएको थियो । समितिको गृहकार्यपछि आज बसेको कार्यसम्पादन समितिले संसदीय दलको नेता सर्वसम्मत गराउने निर्णय गरेको हो । योसँगै संसदीय दलको बैठकले नेता चयनको बाँकी प्रक्रिया अघि बढाउने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?