दार्चुला । संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको छ।
उक्त छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको जनाइएको छ।




