दार्चुला । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये दोस्रो अध्यादेश जारी गर्नुभएको छ। उहाँले आज सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ प्रमाणीकरण गरी जारी गर्नुभएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम बिहीबार उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालय जनाएको छ ।
सरकारले विकास निर्माणका काममा देखिएका कानुनी जटिलता फुकाउन र खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन अध्यादेशको सहारा लिएको हो ।
यसअघि पनि सार्वजनिक खरिद ऐनमा संशोधनका लागि विभिन्न प्रयासहरू भए पनि यो पटक अध्यादेशमार्फत परिमार्जन गरिएको छ । राष्ट्रपति आजै सहकारी सम्वन्धी अध्यादेश पनि जारी गरेका थिए ।




