नेकपा पुर्नगठन भएको ओली पक्षको पत्र निर्वाचन आयोगमा दर्ता

दार्चुला । नेपाल कम्युनिष्ट पार्टीले पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठनको निर्णय गरेको थियो।

निर्वाचन आयोगका दिनेशकुमार थपलियाले एक घण्टा अघि पत्र दर्ता भएको जानकारी दिनुभयो ।

एक घण्टा अघि केन्द्रीय कमिटीको पुर्नगठनसँग सम्बन्धित पत्र दर्ता भएको छ, थपलियाले भन्नुभयो, विधान संशोधन र केन्द्रीइ समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँदै छौँ भनेर भन्नु भएको छ।
उहाँले आयोगले पत्रको विवरण अहिले खोलेर नहेरेको पनि बताउनुभयो ।

प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय गरेको छ।

मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-नेता माधव नेपाल खेमामा छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?