काठमाडौं । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह भएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ भने संक्रमितको संख्या ७८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३५ जनाको मृत्यु भएको छ ।

मंगलबार पनि ३५ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । आइतबार भने भारतमा एकैदिन हालसम्मकै बढी ४ हजार ३५३ नयाँ कोरोना संक्रमित फेला परेका थिए । यसैबीच २६ हजार ४ सय जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?