दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा नेकपा एमालेले वडा अधिवेसन र पालिका अधिवेसन सम्पन्न गरिरहेको छ । शनिबार र आइतबार विभिन्न स्थानीय तहका २६ वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको र बाँकी वडाहरुमा सोमबार समेत वडा अधिवेसन भइरहेको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।
आइतबारसम्म महाकाली नगरपालिकाको वडा नम्बर २ मा बिरसिह डोबाल, वडा नम्बर ३ मा बलदेब सिह महर, वडा नम्बर ४ मा सुकदेब सुनाम, वडा नम्बर ७ मा कृष्णसिंह रैखोला, वडा नम्बर ८ मा भुवन धामी र वडा नम्बर ९ मा कृष्णसिंह सामन्तको नेतृत्वमा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको बडालले बताउनुभयो । शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदम खडायत, सचिव अरुण खडायत, वडा नम्बर ३ मा अध्यक्ष केशब भट्ट, सचिव माधव खत्री, वडा नम्बर ४ मा अध्यक्ष अम्बादत्त भट्ट, सचिव प्रेमसिह ठगुन्ना, वडा नम्बर ६ मा अध्यक्ष सुरेन्द्र बिष्ट, सचिव रमेश धामीे, वडा नम्बर ७ मा अध्यक्ष नबराज भट्ट, सचिव नरेन्द्र बिष्ट र वडा नम्बर ९ मा अध्यक्ष केशव बिष्ट, सचिव रमेश साउँद चयन भएका छन् । वडा नम्बर १, ४ र ६ बाट १६ जनाले नेपाली कांग्रेश परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गंगादत्त जोशीले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाका छ वटा वडाहरुमध्ये शनिबार तीन वटा वडामा र आइतबार एउटा वडामा अधिवेसन सम्पन्न भएको छ । आइतबार वडा नम्बर २ कुणीमा आयोजना भएको अधिवेसनबाट पदमसिंह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । वडा कमिटी उपाध्यक्षमा करबिर सिह धामी, सचिव धिर्कराज जोशी, उपसचिव लोकेन्द्रप्रसाद भट्ट र तारा भट्ट चयन भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य पदमराज जोशीले जानकारी दिनुभयो । शनिबार लेकमको वडा नम्बर ३, ४ र ५ मा नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको हो । वडा नम्बर ३ मा रमेशप्रसाद भट्ट, वडा नम्बर ४ मा डम्बरबहादुर पाल र वडा नम्बर ५ मा केशवदत्त जोशीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ ।
व्यास गाउँपालिका वडा नम्बर ५ र ६ मा नेकपा एमालेको वडा अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार व्यास गाउँपालिका वडा नम्बर ६ हुतीमा परमानन्द भट्ट र आइतबार व्यासको वडा नम्बर ५ मा कर्ण बहादुर बमको अध्यक्षतामा वडा कमिटी गठन गरेर अधिवेसन सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य उपेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा पनि नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । रामल सिंह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन गर्दै वडा अधिवेसन सम्पन्न भएको जिल्ला कमिटी सचिवालय सदस्य पोखरसिह रोकायले जानकारी दिनुभयो ।
नौगाड गाउपालिका वडा नम्बर ५ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ। अङ्बिर सिह धामीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र ३ मा नेतृत्व चयन गर्दै नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । सोमबार वडा नम्बर ८ मा अधिवेसन आयोजना गरिएको एमाले जिल्ला कमिटी सदस्य हिरासिंह धामीले जानकारी दिनुभयो । मालिकार्जुनको वडा नम्बर १ मा रमेश बोहराको अध्यक्षतामा र वडा नम्बर ३ मा खडकसिह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको धामीले बताउनुभो । वडा नम्बर ३ बाट लामो समय नेपाली कांग्रेशमा सक्रिय सात जना कार्यकर्ताले कांग्रेश परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मदनसिह धामी, शोभानसिह धामी, गणेशसिह धामी, पानसिह धामी, बिश्रामसिह धामी, नन्देराम टमटा, दिपकसिह धामी रहेको नेकपा एमाले मालिकार्जुन गाउँकमिटीले जनाएको छ ।
दुहुँ गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा अधिवेसन सम्पन्न भएको छ । वडा नम्बर १ मा मदनसिंह महर, वडा नम्बर २ मा जमन बडाल र वडा नम्बर ३ मा पदम बोहराको नेतृत्वमा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताउनुभयो । बाँकी रहेका अधिकासं वडाहरुमा सोमबार अधिवेसन आयोजना भइरहेको छ । कार्तिक ९ गते मंगलबार महाकाली नगरपालिकाको नगर अधिवेसन समेत आयोजना गरिएको बडालले बताउनुभयो ।
मार्मा गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । रिउले धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य खेमराज जोशीले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया