दार्चुलामा १८ जना उम्मेदवार प्रतिस्पर्धामा, बिक्रमसिंह धामीले आफुलाई मत हाल्न नपाउने

दार्चुला । निर्वाचनमा केही ठाउँमा एक मतले समेत जितहार हुन्छ । तर, मंसिर ४ गते आइतबार हुने आम चुनावमा देशभरीमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका हुन् । आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरको क्षेत्रबाट उम्मेदवार बनेका उम्मेदवारले आफ्नो भोट आफैलाई हाल्न पाउने छैनन् ।

दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धनका प्रदेशसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बिक्रमसिंह धामीले आफुलाई मत दिन पाउनुहुनेछैन । मतदाता नामावली प्रदेशसभा क्षेत्र नम्बर २ मा भएकोले धामीले आफैलाई मत दिनबाट बञ्चित हुनुभएको हो । प्रतिनिधिसभाका लागि दाबेदार धामीले प्रदेशसभामा समेत आफ्नो क्षेत्रबाट उम्मेदवारी नपाएपछि प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रतक्षतर्फ निर्वाचन लडिरहनुभएको छ । मतदान गर्नका लागि उहाँले क्षेत्र नम्बर २ को मार्मा जानुपर्नेछ ।

दार्चुलामा प्रतक्षतर्फ प्रदेशसभामा ९ र प्रतिनिधिसभामा ९ गरी १८ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेको तर्फबाट गणेशसिंह ठगुन्ना, सत्तारूढ गठबन्धनको तर्फबाट दिलेन्द्रप्रसाद बडू, राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देववहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारा दत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभा क्षेत्र १ (क) मा नेकपा एमालेको तर्फबाट हरदेब जोशी, गठबन्धनको तर्फबाट बिक्रमसिंह धामी, स्वतन्त्र उम्मेदवार शंकरसिंह धामी, राप्रपाबाट चक्रबहादुर बम र संघीय लोकतान्त्रिक मञ्चबाट नन्दी कामीको उम्मेदवारी छ । प्रदेशसभा क्षेत्र २ मा एमालेबाट रामदत्त जोशी, गठबन्धनबाट मानबहादुर धामी, राप्रपाबाट अमरसिंह धामी र संघीय लोकतान्त्रिक मञ्चबाट गगन ठगुन्नाको उम्मेदवारी छ ।

सम्बन्धित समाचारः दार्चुलाका दुई मतदान केन्द्रमा कर्मचारी महिला मात्रै
गाउँघरमा ‘मत किन्न’ आर्थिक चलखेलः मतदाताले नै प्रहरीको भूमिका निर्वाह गर्न अनुरोध

दार्चुलामा बुथ निर्माणदेखि निर्वाचनको सबै तयारी पुराः १,६५५ कर्मचारी र २,००० सुरक्षाकर्मी परिचालन

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?